(१) यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछ ः– क) प्रचलित कानून र परम्परामा प्रतिकूल असर नपर्ने गरी स्वच्छ मनोरञ्जनात्मक, ज्ञानवद्र्धक, शिक्षावद्र्धक, सूचनामूलक, चेतनामूलक कथानक चलचित्र, वृतचित्र, टेलिचलचित्र, भिडीयो चलचित्र, टेलि सिरियल तथा विज्ञापन चलचित्र, सानो तथा ठूलो पर्दाका चलचित्रहरू, आवश्यकता अनुसार स्वदेश तथा विदेशमा समेत छायाँकन गरी उत्पादन तथा निर्माण गरी स्वदेश तथा बिदेशमा प्रदर्शन तथा बिक्री बितरण गर्ने ।
ख) विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरूबाट निर्मित सानो तथा ठूलो पर्दाका चलचित्रहरू, वृतचित्र, टेलि चलचित्र, भिडीयो चलचित्र खरिद विक्रीको साथै फिल्म डिष्ट्रिव्युटरको रूपमा काम गर्ने ।
ग) आधुनिक मेशिन उपकरण जडित सुविधा सम्पन्न रेकडिङ्ग स्टुडियो निर्माण गरी स्वच्छ मनोरञ्जनात्मक, ज्ञानवद्र्धक, शिक्षावद्र्धक, सूचनामूलक, चेतनामूलक, व्यवसायमुलक कार्यक्रमहरुको रेकर्डिङ्ग सम्बन्धी कार्य गर्ने तथा सो सम्बन्धी सेवा प्रदान गर्ने ।
घ) चलचित्र निर्माण, रेकर्डिङ्ग, सुटिङ्गसँग सम्बन्धित मेशिन उपकरण, सामानहरु खरिद गर्ने, उपभोग गर्ने, भाडामा लिने तथा दिने ।
ङ) सुविधायुक्त चलचित्र भवनको निर्माण गरी नेपाली, हिन्दी, अंग्रेजी र आवश्यकता अनुसार अन्य विभिन्न भाषाका चलचित्रहरू प्रदर्शन गरी मनोरञ्जन दिलाउने ।
ज) आवश्यकता अनुसार स्थानिय वासिन्दाहरूको अनुरोधमा विभिन्न समारोह तथा कार्यक्रमहरू प्रदर्शन गर्ने, गराउने ।
झ) यस कम्पनीले अनलाइन पोर्टल बनाई समाचारमूलक र यस कम्पनीको अन्य उद्देश्यसँग मेल खाने सामाग्रीहरुको प्रकाशन तथा प्रसारण गर्ने गराउने ।
ञ) यस कम्पनीले अनलाइन मिडिया, अनलाइन टि.भि र युट्युब समेत सञ्चालन गर्ने तथा गराउने ।
ट) विदेशी तथा स्वदेशी संघ, संस्था तथा व्यक्तिहरुसँग मिलि विभिन्न भाषाका चलचित्रहरु निर्माण, प्रदर्शन तथा विक्री वितरण सम्बन्धी संयुक्त लगानीमा मेट्रो चलचित्र भवनहरु स्थापना गर्ने तथा विदेशी संघ, संस्था र व्यक्तिहरुको नेपालमा गरिने प्रदर्शन सम्बन्धी अधिकार प्राप्त गर्ने र विदेशी तथा स्वदेशीको एजेन्सी लिई कार्य गर्ने ।
च) आवश्यकतानुसार उक्त चलचित्र भवनमा अन्य सांस्कृतिक कार्यक्रमहरू, विशेष प्रकारका अन्य शोहरू, भिडियो फिल्महरू, विज्ञापनहरू आदि प्रदर्शन गर्ने ।
छ) दर्शकहरूको सुविधाको लागि चलचित्र भवनलाई अनुकुल हुनेगरी दर्शकहरूलाइ खाजा नास्ता, पाकिङ्गको सुविधाको लागि पसल कवलको व्यवस्था, सवारी पार्किङ्ग, चमेनागृह, कोल्ड स्टोर आदिको व्यवस्था गरी सो सम्वन्धी सेवा प्रदान गर्ने ।