Latest News
नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि गरियो । चलचित्रको मुहूर्त सट कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । चलचित्रमा उनीहरु प्रेम जोडीको रुपमा प्रस्तुत हुनेछन् ।सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको बुधवारबाट छायांकन सुरु भएको छ । चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ । चलचित्रलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् ।
नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि गरियो । चलचित्रको मुहूर्त सट कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । चलचित्रमा उनीहरु प्रेम जोडीको रुपमा प्रस्तुत हुनेछन् ।
सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको बुधवारबाट छायांकन सुरु भएको छ । चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ । चलचित्रलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेको ६ वटा लोकगीतमा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा केही प्रतिशत संवाद पनि हुनेछ । क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेका चलचित्रका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायक गायिकाहरुको स्वर रहेको छ ।
निर्माता पनेरुले आफूले व्यवसायिक उद्देश्य नबोकी चलचित्र निर्माण गर्न लागेको बताए । उनले भने, ‘फरक फरक शैलीका लोकगीतमार्फत् चलचित्रमा कथा भनिनेछ । यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ । तर, यो सुखान्त मुना मदन हुनेछ । यो चलचित्रले समाजलाई सकारात्मक सन्देश दिनेमा विश्वस्त छु ।’ भिन्न जातीका दुई केटा-केटीको प्रेमकथामा चलचित्र आधारित हुने उनले जानकारी दिए ।
यसअघि दुई चलचित्रको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका चलचित्रभन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दावी गरे । सामाजिक विषयवस्तुमा आधारित भएर चलचित्र बन्ने उनको भनाई छ । गीतको माध्यमबाट समाजलाई सन्देश दिने उद्देश्यले चलचित्र बनाउन लागको उनी बताउँछन् । उनले यसअघि सयौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।